बाँके / कोरोना संक्रमित रुकुम चौरजहारी नगरपालिका १४ का ३३ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु भएका पुरुषलाइृ स्वास्थ्यमा समस्या आएपछि २१ गते अस्पताल भर्ना गरिएको थियो । विरामिमा भएका समस्या अनुसार उपचार गरिएपनि विस्तारै स्वास्थ्य अवस्था जटिल बनेको र स्वास्थ्य अवस्थामा सुधार नआएपछि आज विहान ५ बजे मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।
बाँकेमा बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन आउनेहरु मृत्यु हुनेको संख्या यो सगै १३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले बताए ।