बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने कोहलपुरका युवाको माग

|

बाँके / कोहलपुरका युवाहरुले नेपालको कानुन सच्याएर भएपनि बलात्कारीलाई कडा भन्दा कडा सजाय अर्थात फाँसीको सजाय हुनुपर्ने राज्यसँग जाडदार माग गरेका छन् । ‘बलात्कारीलाई फाँसी दे’ लेखिएको प्लेकार्ड सहित स्थानिय युवायुवतीहरु सहभागी र्याली कोहलपुर न्युरोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।पछिल्लो समय नेपालमा बढ्दै गएको बलात्कार तथा यौनहिंसा जस्ता जघन्य अपराधको बिरोधमा कोहलपुरका युवाले र्याली निकालेका छन।

सो कार्यक्रममा बलत्कारीलाई तत्काल फाँसीको सजाय गर्न नसकिएता पनि सरकारमा रहेका ब्यक्तिहरुले तत्काल कठोर कानुनी ब्यबस्था गर्न सक्ने कार्यक्रममा सहभागी अलिस्मा चलाउनेले बताईन । दिनहुँ जसो हुने यौन हिंसा तथा बलात्कार सम्बन्धी जघन्य अपराधका घटनाका विरुद्ध सचेतना तथा खबरदारी गर्ने उद्धेश्यले आयोजना गरीएको कार्यक्रममा कोहलपुरका सचेत युवायुवतीहरुले स्वतस्फुर्त रुपमा सहभागीता जनाएको कार्यक्रमकी अभियन्ता कृतिका आचार्यले जानकारी दिइन ।

कोणसभामा बोल्दै युवा साहिल अन्सारीले सरकारमा रहेका ब्यक्तिहरुले हिजो जसरी निर्मलाको हत्यारा पत्ता लगाउने आश्वासन दिएका थिए अझै पनि निर्मलाको हत्यारा पत्ता लगाउन नसकिरहेको अबस्थामा बलत्कारीलाई कडा भन्दा कडा कानुनी ब्यबस्था नगर्दा सम्म अपराधीहरुको मनोबल बढ्दै जाने भएकाले कडा सजाएको ब्यबस्था गर्न समेत सरकारसंग माग गरेका छन । वर्तमान संविधानको धारा संशोधन गरेरै भएपनि बलात्कारीलाई फाँसी वा हदैसम्मको कारवाही हुनुपर्ने युवा सरोजराज शाही बताउँछन् ।

२०७७ आश्विन २९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।