दुई वर्षीया बालिकाको मृत्यु कोरानाबाट भएको पुस्टि

|

काठमाडौं /  बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएकी बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ। बुढिगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाको आज बिहान मृत्यु भएको थियो। धनगढीमा गरिएको कोरोना परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए।

“आज दिउँसो रिपोर्ट आयो। बालिकामा कोरोना पोजिटिभ देखियो। उनीसँगै उनको आमामा पनि कोरोना पोजिटिभ देखिएको छ। बुबामा भने नेगेटिभ आएको छ”, डा. अवस्थीले भने। उनको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। स्वास्थ्य मन्त्रालयले आज यसको पुुष्टि गरेको छ। ती बालिकालाई जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा १५ जेठदेखि राखिएको थियो।

२०७७ जेष्ठ १८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।