मन्त्रीपरिषद् पुनर्गठनसँगै दुई मन्त्रीको जिम्मेवारी हेरफेर

|

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनसँगै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको जिम्मेवारी पार्टी महासचिव विष्णु पौडेललाई दिइएको छ । यस्तै अर्को महत्वपूर्ण मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ । यस अघि गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्थ्यो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीमा यथावत राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । रिक्त रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आजै सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।

अबको मन्त्रिमण्डल यस प्रकार रहेको छ ।

 

२०७७ आश्विन २८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।