नेपालगन्जका उपप्रमुख उमा थापामगरलाई कोरोना

|

नेपालगन्ज। नेपालगन्ज  उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरलाई कोरोना पोजिटिभ देखिएको छ । केही दिनदेखि अस्वस्थ थापा मगरले भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको जानकारी दिनुभयो । उपप्रमुख थापा मगर बाँकेमा कोरोना रोकथाम र नियन्त्रण तथा प्रभावितको व्यवस्थापनका लागि सुरुवातदेखि नै अग्र मोर्चामा रहेर खटिनुभएको थियो ।

चैत दोश्रोसाता सीमा क्षेत्रमा क्वारेन्टाईन ब्यवस्थापन तथा भारतबाट फर्किएका नेपालीहरुको उचित ब्यवस्थापनमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उप-मेयर थापामगरले आफू अहिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै होम आइसोलेसनमै बसेको जानकारी गराइन । उनले निकट केही दिन यता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सुरक्षीतका साथ घरमै बस्न र केही लक्षण चिन्ह देखिए कोरोना जाँच गराउनकालागि आग्रह गरेकी छिन ।

उप-मेयर थापामगर बाँकेमा शुरु देखिनै भारतबाट नेपाल भित्रिएका नागरिकको व्यवस्थापनका साथै कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रभागमा खटिएर काम गर्दै आएकी थिइन ।

२०७७ आश्विन २७, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।