बालविवाह न्युनीकरणमा पत्रकारको अहम भुमिका हुने

|

नेपालगन्ज / बालविवाह न्युनीकरणमा पत्रकारको अहम भुमिका हुने एक कार्यक्रमका सहभागी पत्रकारहरुले बताएका छन् । बाँके जिल्लामा बालविवाह न्युनिकरणमा भुमिका निर्वाह गर्ने पत्रकारका लागि नेपालगन्जमा सन्चालित दुई दिने कार्यशालामा सो कुरा बताएका हुन् ।

बाँके जिल्लालाई बाल विवाहमुक्त बनाउन प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) नेपालले पत्रकारका लागि २ दिने कार्यशाला संचालन गरेको हो । जिल्लामा बाल विवाह रोकथाम परियोजना अन्तर्गत बाँकेका आठ वटै स्थानीय तहमा बाल विवाह न्युनिकरणको कार्यक्रम संचालन गरिरहेको छ ।

जिल्लाका रेडियो तथा अनलाइन पोर्टलमा कार्यरत महिला तथा पुरुष पत्रकार सहभागी कार्यक्रममा बाल विवाह न्युनिकरणका लागि पत्रकारको आवश्यकता तथा भुमिका, बालबालिकासंगको व्यवहार तथा बाल संरक्षणको माध्यमबाट समाचार लेख्दा अपनाउनु पर्ने आचारसंहिता लगायतका बिषयमा सहजकर्ता भिम अवस्थीले प्रशिक्षण गर्नुभएको थियो । त्यसै गरि महिला पत्रकारलाई पत्रकार रुद्र सुबेदीले प्रशिक्षण दिनुभएको थियो । कोभिड १९ को महामारीलाई मध्यनजर गरि कार्यक्रममा मास्क तथा स्यानीटाईजरको प्रयोग गरिएको स्याक नेपालका परियोजना संयोजक जगदिश थापाले जानकारी दिनुभयो ।

२०७७ आश्विन २६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।