अन्तराष्ट्रिय किशोरी दिबश मुगु जिल्लामा पहिलो पटक मनाईयो

|

मुगु / कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस पार्क ) ले अन्तराष्ट्रिय किशोरी दिबसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय किशोरी दिबश मुगु जिल्लामा पहिलो पटक मनाएको छ । दिवसको अवसरमा कचहरी कार्यक्रम गरी दिबश मुगुमा मनाउन सन्देश दिनु पर्छ भन्ने उदेश्यका साथ कचहरी कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय किशोरी दिबस राराको मुर्माटपमा मनाईएको हो ।

दिबसको अबसरमा नेपालको सबैभन्दा ठुलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारालातको मुर्माटपमा अन्तराष्ट्रिय किशोरी दिबसको अवसरमा यौन तथा प्रजनन अधिकारका बिषयमा कचहरी गरीएको छ । अन्तराष्ट्रिय किशोरी दिबश बिश्वभरी मनाईने भएको भएपनि मुगुमा कसैलाई थाहा नहुने हुदाँ दिवशको बारेमा सन्देश दिन राराको मुर्माटपमा कचहरी कार्यक्रमको आयोजना गरी दिवश मनाईएको आयोजक संस्था कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस पार्क ) मुगुका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए ।

विगत लामो समयदेखि यौन तथा प्रजन्न अधिकारका क्षेत्रमा काम गदै आएको यस कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस पार्क ) मुगुले अन्तराष्ट्रिय किशोरी दिबशको अबसर पारी यौन तथा प्रजनन अधिकारका बिषयमा कचहरी कार्यक्रम गरी किशोरी दिबश मुगुमा मनाउनुपर्छ र किशोरीका हकहितका निम्ति वकालत गर्नु पर्छ भन्ने मान्यताका साथ कचहरी कार्यक्रमको आयोजना गरिएको अध्यक्ष शाहीले बताए ।

मुगुमा किशोरी दिवश मनाउने प्रचलन नभएको तर आजै अन्तराष्ट्रिय किशोरी दिबश परेको र सो दिवशको अबसरमा यो दिवश मुगुमा पनि मनाउनु पर्ने नविन सोचको बिकास गर्न तथा यौन तथा प्रजनन अधिकारका क्षेत्रमा कलम चलाउदै गरेका पत्रकार ,किशोरीसंग यौन तथा प्रजनन अधिकारका बिषयमा सम्बाद गरी कचहरी गरिएको छ । कचहरी गरिएको स्थान रारातालको मुर्माटप समुन्द्र सतह देखि ४६ सय मिटर उचाईमा छ ।

यसै बिच अन्तराष्ट्रिय किशोरी दिबशको अबसरमा यस संस्थाले खत्याड गाउँपालिकामा बालविवाह रोकथामका लागी स्थानिय प्रहरी प्रशासन र स्थानीय सरकारसंग छलफल गरेको छ भने छायाँनाथ रारा नगरपालिकामा कविता वाचन गरेर अन्तराष्ट्रिय किशोरी दिबश मनाईएको अध्यक्ष शाहीले The world Nepal News लाई जानकारी दिए ।

२०७७ आश्विन २५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।