बलात्कारीलाई हदै सम्मको कारवाही हुनुु पर्ने बाँकेका युवाको माग

|

सोम गुरुङ,बाँके / नेपालगन्जमा बाँकेका युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि बलात्कार विरुद्ध एक घण्टा प्रर्दशन गरेका छन । युवाहरुले बलात्कारको विरोध स्वरुप कालो पहिरनमा धर्ना सहित प्रर्दशन गरेका हुन् । युवाहरुले विभिन्न हाते पम्पलेट तथा शरिरमा बलात्कार विरुद्ध बारे चित्र कोरेर आज आइतबार दिउसो चर्को घाममा प्रशासन कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिएका थिए ।

धर्नामा बसेका युवाहरुले बलात्कारीलाई हदै सम्मको कारबाहिको माग समेत गरेका छन । त्यसै गरि आजै नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत ९ बुदे ज्ञापन पत्र सामाजिक अभियान्ता प्रकाश कुँवरले सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई बुझाएका छन् । प्रशासन अगाडी सामाजिक अभियन्ता प्रकाश कुवर, विमला श्रेष्ठ, साहिल अन्सारी, अंकित मिश्रा, शाहाबुद्दिन हल्वाई लगायतको सहभागिता रहेको थियो । नेपालगन्जमा हुने बिभिन्न अभियानलाई सक्दो सहयोग गर्ने प्रतिक सिहं स्वाँरले बताए । 

सो ज्ञापन पत्रमा बिभिन्न मागहरु निम्न रहेका छन् ।

१. संविधानको धारा २७४ बमोजिम संविधान संंसोधन गरि बलात्कारीलाई मृत्युदण्डको ब्यवस्था गरिनुपर्ने ।
२. बलात्कृत नारीलाई राज्यको तर्फबाट स्वतन्त्रतापुर्वक राज्यको अंगमा रहेर काम गर्न पाउनुपर्ने ब्यवस्था मिलाउनुपर्ने ।
३. पीडकलाई सजाय र पीडितलाई उच्च क्षतिपूर्तिको ब्यवस्था गर्नु पर्ने ।
४. बलात्कार जस्तो सम्बेदनशिल घटानमा राजनीति नगरियोस् ।
५. उच्च सुरक्षा सतर्कता मापदण्डका साथ टोल टोलमा प्रहरीको ब्यवस्था संगै नागरिक प्रहरी विचको सम्बन्ध अझै प्रभावकारी हुनुपर्ने ।
६. नातावाद कृपावाद आडमा अपराधीले उन्मक्ति नपाओस् ।
७. यौन दुब्र्यवहार घटना बिरुद्ध स्थानीय, प्रदेश, संघ सरकारले बिशेष महाअभियान सन्चालन गरिनुपर्ने ।
८. कानुनु मात्र नबनाई प्रभावकारी कार्यान्वयन समेत गरियोस् ।
९. अन्तर्राष्ट्रिय सन्धि सम्झौता बारे एकपटक समिक्षा गर्नु पर्ने ।

विरोध स्वरुप गरिएको धर्नाका केहि तस्विरहरु :

२०७७ आश्विन २५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।