
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आजको २०७१ जना थपिए सँगै कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ भने हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ ।
पछिल्लो २४ घन्टामा १२ हजार ४२७ नमूनाको पीसीआर परीक्षण गर्दा थप २०७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १,५५२ जना कोरोना संक्रमण निको भएको उक्त सम्मेलनमा जनाइएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७५ हजार ८०४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।