बाँकेमा शान्ति सुरक्षा कार्यम गर्न सुरक्षा योजना सार्वजनिक

|

नेपालगन्ज /  जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित गरि सुरक्षा योजना सार्बजनिक गरेको छ । आज आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले १४ बुँदे विशेष सुरक्षा योजना सार्वजनिक गरेका छन् । नेपालीहरुको ठुला चाडवाड दशै, तिहार तथा छ्ठ जस्ता पर्वलाई लक्षित गरी जिल्ला भित्र हुन सक्ने चोरी, डकैती तथा अपराधधिक घटना लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना ल्याएको जनाएको छ ।

पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड पोष्ट मार्फत सुरक्षा अवस्था निगरानी गरिने प्रहरी उपरीक्षक रानाले जानकारी गराएका थिए ।

सुरक्षा योजना अन्तर्गत पिकेट ३१ स्थानमा, हाइवे चेकिङ ४ स्थानमा, एम्बुस चेकिङ ३० स्थानमा, डग स्न्यापिङ आवश्यकता अनुसार, विशेष टोली ( सादा पोशाक ) २५ जना, सरप्राइज चेकिङ १० स्थानमा, मोबाइल गस्ती १० वटा, पैदल गस्ती २० वटा, सिसिटिभी निगरानी १० जना, स्कटिङ २० जना आवश्यकता अनुसार, काउन्टर पार्ट्स सिमा नाकाका १२ स्थानमा, क्विक रिस्पोन्स टिम १४ समुह, भिग्रस चेकिङ १४ स्थानमा र कमान्ड पोष्ट जिल्ला प्रहरी कार्यालयबाट मोनिटरिङ गर्ने गरी ६ सय ५० प्रहरी परिचालन गरिने  प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

२०७७ आश्विन २५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।