हाम्रो प्यारो नेपाल बोल देशभक्ति गितको म्यूज़िक भिडियो सार्वजनिक

|

 

गायक रूद्रसेन विश्वकर्माको “हाम्रो प्यारो नेपाल” गीतको म्युजिक भिडियोमा चर्चित गायक एवं संगीतकार रुद्रसेन विश्वकर्माको राष्ट्रप्रति समर्पित राष्ट्रभक्ति गीतको म्युजिक भिडियो युट्युव च्यानलमार्फत ‘हाम्रो प्यारो नेपाल’को भिडियो सार्वजनिक गरेका छन् ।

हाम्रो प्यारो नेपालमा भन्ने बोलको म्यूज़िक भिडियोमा देश प्रति माया गर्ने कलाकारहरुको साथमा टेक वाईवा लामा,  उनको दुई छोरी सबिना लामा र रवीना लामाको समेत भूमिका रहेको छ ।

टेक वाईबा लामा अमेरिका क्यालिफोर्निया बासी एक युवा ब्यबसायीको साथै सक्रिय सामाजिक अभियान्त,तामाङ सोसाइटी अफ लसएन्जल्सका अध्यक्ष एंव हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रीय संघका उपाध्यक्ष हुन् ।

लामाले नेपाली कला संस्कृतिलाई माया गर्दै सामाजिक सेवा समेत गरिरहेका छन् । देश भित्र हुदाँ भन्दा पनि परदेशि भएपछि राष्ट्र प्रेम झनै बढ्ने उनि बताउँछन् ।

निर्देशक प्रदीप कुमार रसाईली को रहेको उक्त भिडियोमा धेरै अग्रज कलाकारहरु साथै देशलाई योगदान पुर्याईरहनु भएको कलाकारहरुको संलग्नता देख्न सकिन्छ ।

सो गीतमा शब्द, संगीत र स्वर गायक रुद्रसेन विश्वकर्माकै रहेको छ भने गायिका छाया रुचालले स्वर दिएकी छिन् ।

रसाइलीको निर्देशन, अभिनय चर्चित अभिनेता दिलिप रायमाझी, सुभाष प्रसाद गजुरेल, रमेश प्रसाईं, रूद्रसेन विश्वकर्मा, पुजन घिमिरे, रश्मी भट्ट, झोटन मेहेता, सविना लामा , रविना लामा, किरन भुजेल, सुनिल कटुवाल, अन्नु चौधरी, राधिका रसाईली, ईश्वर बल्लभ उप्रेती, दिनेश कुमार कठायत, अलिना देउजा, पवण बराइली, युनिका रसाईली, लगायतका चर्चित कलाकारहरुले दमदार अभिनय गरेका छन् ।

उक्त भिडियोको छायांकन पवन बराईलीले गरेका थिए भने सम्पादन अमृत चापागाईँले गरेका छन्

२०७७ आश्विन २४, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।