
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उहाँको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ ।
उहाँले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गर्नु भएको थियो । चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा कोरोनाको लक्षण देखिएको थियो ।