कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

|

नेपालगन्ज / कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-९ पिपरीका ३८ बर्षीय युवकको भाइरस संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि उनले असोज १२ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि नमुना दिएका थिए । त्यसको दुई दिन पछि उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । उनलाई तत्काल मेडिकल कलेज कोहलपुरमा भर्ना गरियो । रेमडिसिभिर, प्याज्मा थेरापीलगायतका विधिबाट उपचार गर्दा समेत उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि मेडिकल कलेजरले शुक्रबार राती ९ बजे उनलाई भेरी अस्पताल नेपालगन्जमा रिफर गरेको थियो ।

स्वास्थ्य अवस्था गम्भीर ती पुरुषको उपचार व्यवस्थापन गर्दागर्दै मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । राती १० बजे अस्पताल पुगेका उनको ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई फोक्सोमा निमोनिया भएको थियो । उनलाई कडा खाले कोभिड देखिएको चिकित्सकहरुले बताएका छन् ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि अस्पताल आएकाहरुको उपचारका क्रममा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

२०७७ आश्विन २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।