नेपालगन्जका युवाहरुले बलात्कार बिरुद्ध साँकेतिक बिरोध प्रर्दशन गरे

|

नेपालगन्ज / नेपालगन्जका युवाहरुले बलात्कार बिरुद्ध साँकेतिक बिरोध प्रर्दशन गरेका छन् । सो बिराधलाई बाँकेका सम्पूर्ण लियो क्लबका युवाहरुले समन्वय गरि ‘बलात्कार विरुद्ध नेपालगन्जको मुख्य चौकमा साङ्केतिक विरोध प्रदर्शन’ कार्यक्रम गरेका हुन् ।

नेपालगन्जको पुष्पलाल चोक र धम्बोझी चोक र सेतु विक चौकमा बाँकेका युवाहरुले हातमा प्लेकार्ड बोकेर सांकेतिक रुपमा बिरोध जनाएका हुन् ।सरकार कहिलेसम्म आँखामा पट्टि बाध्छस?, नराम्रो हाम्रो लुगा कि तिम्रो सोच,छोरी भएर जन्मनु नै मेरो ठूलो गल्ती हो ?, कसरी हेर्न सक्छौ यसरि बलात्कार के तिमिले बिर्सेउ र तिहारको आशिर्वाद जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरुले सरकार र बलात्कार बिरुद्ध सांकेतिक रुपमा बिरोध प्रदर्शन गरेका थिए ।

यसै गरि आईतबार दिउसो २ बजे जिल्ला प्रशासन कार्यालय, बाँकेको अगाडि बिरोध प्रर्दशन गरिने कार्यक्रम रहेको सामाजिक अभियान्ता प्रकाश कुँवरले जानकारी दिए ।

 

२०७७ आश्विन २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।