कोरोना संक्रमणबाट बाँकेमा थप एक १५ बर्षीय पुरुषको मृत्यु

|

बाँके / कोरोना संक्रमणबाट बाँकेमा थप एक १५ बर्षीय पुरुषको मृत्यु भएको छ । कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्ली दागं निबासी १५ वर्षीय युवाको शुक्रबार राती ८ः३५ बजे मृत्यु भएको हो ।
सबै प्रकारको आवश्यक उपचार गर्दासमेत विरामीको स्वास्थ्यमा सुधार नआएको र उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । मृतक किशोरमा गत १९ गते कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा प्लाज्मा थेरापी सहित सबै उपचारका बिधि अपनाउंदा पनि बचाउन नसकिएको मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ । बाँकेमा जिल्ला बाहिरबाट उपचार गर्न आएकाहरुको मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँके,  परिवारको समन्वयमा शव व्यवस्थापनको तयारी भईरहेको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

२०७७ आश्विन २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।