शुक्रबार २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । नेपालमा शुक्रबार २ हजार ५९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रोगशालाहरुमा १३ हजार ४२ सय ७९ जनाको पीसीआर परीक्षण गरिएकामा उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी गराउनु भएको छ ।

यसैगरी कोरोना संक्रमण जितेर शुक्रबार १६ सय ८० जना डिस्चार्ज हुनु भएको छ । आजसम्मका संक्रमितमध्ये ७३ हजार २३ जना कोरोनाको सफल उपचारपछि घर फर्किसक्नु भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनु भयो । यो भनेको कूल संक्रमितमा ७२.५ प्रतिशतलाई कोरोना निको भएको हो ।

नेपालमा आजसम्म ११ लाख ४५ हजार २ सय ३७ जनाको पीसीआर परीक्षण गरिसकिएको छ । हाल विभिन्न जिल्लामा २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै आइसोलेसनमा ११ हजार १ सय ७६ जनाले उपचार गराइरहेका छन् । होम आइसोलेसनमा भने १५ हजार ८ सय ७७ जना रहनु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२०७७ आश्विन २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।