केन्द्रीय सदस्यद्वय मानवी पौडेल र सिद्धि अर्यालले साझा पार्टी छाडे

|

काठमाडौं । साझा पार्टीका दुई जना केन्द्रीय केन्द्रीय सदस्यद्वय मानवी पौडेलसिद्धि अर्यालले पार्टी छाडेका छन् । पार्टी स्थापनादेखि नै सक्रिय रहेकी पौडेल बिहीबारदेखि पार्टीबाट अलग हुनु भएको हो । उहाँ साझा पार्टीको केन्द्रीय सदस्यका साथै कोष संकलन विभाग प्रमुखसमेत हुनुहुन्थ्यो ।

उहाँले केही समयअघि पार्टीलाई साधारण सदस्य र केन्द्रीय सदस्य नरहने जानकारी गराएको बताउनु भएको छ । केन्द्रीय समिति पुनर्गठनका दिन उहाँ अलग हुनु भएको हो । साझाले बिहीबार ३७ केन्द्रीय सदस्य थपेको थियो ।

पौडेलले पार्टी बाहिरै रहेर पार्टीलाई सहयोग गर्न चाहेको बताए पनि पार्टीमा आफ्नो कुनै असन्तुष्टि नरहेको दाबी गर्नु भएको छ ।साझाका अर्का केन्द्रीय सदस्य अर्यालले आफूले थोरै समय पार्टीमा केन्द्रीय सदस्यका रूपमा काम गरेको उल्लेख गर्नु भएको छ । अर्याल विदेशमा बस्नुहुन्छ ।

साझाका सहप्रवक्ता शरदराज पाठकले केन्द्रीय सदस्यद्वय पौडेल र अर्यालले व्यक्तिगत र अरू विभिन्न कारणले गर्दा पार्टीमा सक्रिय हुन र अहिले समय दिन नसक्ने जानकारी गराउनु भयो ।

साझाका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले गत असारमा पार्टी छाड्नु भएको थियो । उहाँहरू दुवैले संयोजक रवीन्द्र मिश्रसहित केन्द्रीय टिमसँग मतभिन्नता राख्दै आउनु भएको थियो ।

२०७७ आश्विन २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।