नेपालगन्जमा मोरिङ्गा उत्पादनको विक्री वितरण बिहिबारबाट शुरु

|

नेपालगन्ज / नेपालगन्जमा मोरिङ्गा (शितलचिनी) उत्पादनको विक्री वितरण बिहिबारबाट शुरु गरिएको छ । माउन्टेन मोरिङ्गा एन्ड हर्ब्स नेपालबाट उत्पादित पूर्ण अर्गानिक सर्टिफाईड मोरिङ्गा चियापत्ती र मोरिङ्गा पाउडरको विक्री, वितरण नेपालगन्जमा शुरु गरिएको हो  ।

माउन्टेन मोरिङ्गा एन्ड हर्ब्स नेपाल बाट उत्पादित तथा आफै प्याकेजिङ्गगरि पुर्ण अर्गानिक सर्टिफाईड मोरिङ्गा चियापत्ती र मोरिङ्गा पाउडर नेपालगन्जमा पुगेको छ यो नेपालगन्जको बाईपास जनरल अडर सपलायर्स बाईपास मोड कार्कादो नेपालगन्जमा उपलब्ध छ र फ्री होम डेलिभरिको ब्यब्स्था पनि रहेको हेमन्त राज काफ्लेले बताए।

धेरै बर्ष देखि सितलचिनिकै प्रचार गर्दै आएका हरित अभियानता हेमन्त राज काफ्लेले नेपालगन्ज बजारमा ल्याएका छ्न। उनलाई मोरिङ्गा बाड्दा बाड्दा मोरिङ्गा बाबा पनि भन्ने गरिन्छ । मोरिङ्गाको बिरुवा बाड्दा बाड्दा मानिसहरुको अभिरुची अनुसार यो प्रोडक्ट बजारमा ल्याएको उनी बताउछ्न।

२०७७ आश्विन २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।