उपराष्ट्रपति पदका उम्मेदवार माइक पेन्स र कमला ह्यारिस बिच प्रत्यक्ष बहस सम्पन्न उपराष्ट्रपति पदका दुई मुख्य उम्मेदवार माइक पेन्स र कमला ह्यारिस बिच बुधवार प्रत्यक्ष बहस सम्पन्न भएको छ ।
युएसए टुडेकी वासिंटन ब्यूरो प्रमुख सुजन पेजले बहसलाई संचालन गरेकी थिइन् ।
पेन्स उपराष्ट्रपति हुन् भने ह्यारिस क्यालिफोर्निया कि सिनेटर हुन् ।
युटाहको साल्टलेक सिटीमा आयोजित बहसमा कोरोनाको महामारीका कारण संक्रमण फैलिन नदिन बहसमा काँचको पर्दा राख्न लागिएको हो ।
यस बहसमा सबैले आ- आफ्नै खालको प्रतिक्रिया दिएका छन् ।
ट्रम्पभन्दा पेन्स शालीन देखिए पनि, कार्यक्रम संचालकले बोल्न रोक्दै गर्दापनि पेन्सले धेरै पटक समयभन्दा बढी बोलेका थिए ।
उम्मेदवारहरुको बिचमा राष्ट्रपतिको बहसमा झै चर्काचर्की भद्रगोल भने देखिएन ।
पेन्सले ट्रम्प प्रशासनकै पक्षमा बोली रहे र कमलाले भने महिला आत्मविश्वासका साथ शालिन नेताको रुपमा आफुलाई परिचित गराइन् ।
पुरा बहस हेर्नको लागी तल भिडियोमा क्लिक गर्नुहोला ।