३० बर्षका सम्राट लामा बैंक लुट्दै गर्दा पक्राउ

|

 

मेरिल्याण्ड राज्यको मन्टोमेरी काउण्टी स्थित गिर्थरबर्ग प्रहरी विभागले करिव ३० बर्षका सम्राट लामालाई बैंक लुट्दै गर्दा पक्राउ गरेको छ ।

हतियार सहित बैक डकैती गर्ने क्रममा लामा पक्राउ परेको प्रहरीलाई उदृत गर्दै स्थानिय संचारमाध्यमले जनाएको छ।

प्रहरीका अनुसार बचत खाता खोल्न आएको भन्दै लामा बैंकमा प्रवेश गरेका थिए ।

गत मंगलवार करिव १० बजे विहान ६०७ नर्थ फेड्रिकमा रहेको वाल्स फार्गो बैंक कर्मचारीले ९११ आपतकालिन नम्बरमा फोन मार्फत बैंकमा डकैती भएको जानकारी दिएका थिए ।

जानकारी पाएको लगतै प्रहरी पुगेर लामालाई पक्राउ गरेको थियो । बैंक कर्मचारी संग कुराकानीकै क्रममा उनले आफ्नो झोलाबाट चक्कु निकाली ति कर्मचारीलाई तर्साएका थिए ।

त्यसपछि उनले काउन्टरका कर्मचारीसंग फोहोर फाल्ने प्लाष्टिकको झोलामा पैसा हाल्न लगाएका थिए ।

यसरी  लुटेर बैंकको लवि तिर आउंदै गर्दा प्रहरीको फेला परेका हुन् ।
उनलाई प्रहरीले हातहतियार सहित डकैतीमा संलग्न रहेको आरोपमा हिरासतमा राखेको छ ।

तस्बिर: सामाजिक संजाल

२०७७ आश्विन २१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।