
काठमाडौं । कलाकार हरिबंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । आचार्यले आफू र श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण देखिएको सार्वजनिक गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले सोमबार गरिएको स्वाब परिक्षणको रिपोर्ट मंगलबार आएको जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि सजग रहन र शंका लागे परिक्षण गराउन सुझाव दिएका छन् ।
