बाँके / भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३६ जना , नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याबबाट २० जना र बागेश्वरी ल्याबबाट १० जना गरी आज बाँकेका ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो सहित बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार १ सय ८६ पुगेको छ । २१ जना कोरोना संक्रमितहरुको ज्यान गइसकेको छ भने १ हजार ६ सय ७३ जना कोरोना जितेर घर फर्केका छन । त्यसैगरी, जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा आज ४ सय ९२ जना संक्रमित उपचारमा रहने छन् ।