बुटवल / प्रदेश ५ को विवादित रहेको नाम र राजधानीबारे छलफल गर्न बोलाएइको प्रदेश सभा बैठक शुरु भएको छ । बैठक १२ बजे बोलाइएपनि केही ढिलो शुरु भएको सभाका एक सदस्यले जानकारी दिए ।
आजको कार्यसुची अनुरुप मुख्य मन्त्री पोखरेलले दाङमा राजधानी लैजानुको कारणबारे प्रदेशसभालाई जानकारी गराउनुका साथै रुपन्देही कपिलवस्तु, नवलपरासीलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानी एवं बुटवल, भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्नेछन् ।
आजकै बैठकमा प्रदेश ५ को नयाँ नाम र राजधानी टुंगो लगाउन मतदान कार्यक्रम पनि रहेको छ ।