प्रविन श्रेष्ठको नया दशै कोसेलि ‘धेरै धोका खाको’ सार्वजनिक (भिडियोसहित)

|

कविराज ढकाल, काठमाडौं / पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै सन्दर्भमा चन्द्र सुर्य म्युजिक ग्रुपको प्रस्तुतिमा दशैंतिहारको शुभकामना सहित दशैं कोसिले ‘धेरै धोका खाको’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।चर्चित लोकप्रिय गायिका देवि धर्ति मगर र गायक प्रविन श्रेष्ठको सुमधुर स्वरमा सजिएको गितमा , प्रविन श्रेष्ठ र सुनिल सागरको उत्कृष्ट शब्द सृर्जना एवम् विष्णु शिहको लय रचनामा उक्त गित सजिएको छ । त्यस्तै गितमा सुनिल सागरको थेगो रहेको छ । गितमा प्रदेशी र घरदेशी विचको यथार्थ घटनालाई दर्शाईएको छ ।

माने चाड म साथमा नभानि , सम्झिएर दुर्गा र भवानि
दिए भने ऋण लिनु कसैलाई , जसोतसो टार्नु है दशैलाई
गितमा निकै मनछुने मार्मिक शब्दहरु प्रयोग भएका छन् भने कतिको जिवनमा त मेल पनि खाएको छ । गितको अडियो मात्रै नभई भिडियो पनि निकै उत्कृष्ट वनेको छ । चर्चित निर्देशन मदन खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त मोडेल कलाकार सारिका केसि , डम्बर , अनुुपा , नविन , प्रगति लगायत थुप्रै कलाकारहरुको मनछुने अभिनय रहेको छ । समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट र मन छुने वनेको छ । गितको म्युजिक भिडियोमा विरेन्द्र भट्ट छांयकन एनम् अमृत चापागाईको सम्पादन रहेको छ ।

सांगितिक बजारमा निकै प्रतिस्पर्धाको साथ नया नया सृर्जनाहरु लिएर अघि बढ्ने चन्द्र सुर्य म्युजिक ग्रुपको यो पहिलो दशै कोसेलिमा स्वसथानी गुरुङ , अमृत तामाङ , एलएक्स मगर , निलु तामाङ , माया तामा लगायक व्यक्तिहरुको विशेष सहयोग गितमा रहेको छ । गितको म्युजिक भिडियो Devii Ghatri Magar को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

२०७७ आश्विन १९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।