
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागू औषधसहित नेपालगन्जबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार बिहान साढे ९ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ बाट ४ ग्राम लागू औषध ग्राउन सुगरसहित नेपालगन्ज १९ का १८ वर्षीय प्रदीप काँधु र २७ वर्षीय पृथ्वीराज सुक्लालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
उनीहरुले ४ वटा प्लास्टिकको पोका बनाएर उक्त ब्राउन सुगर भारतबाट ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रनाउ खड्काले बताए । प्रहरीले यो प्रकरणमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
बाँके प्रहरीले जिल्लामा पछिल्लो समयमा विभिन्न अपराधमा संलग्न रहेर फरार रहेका अपराधी पक्राउका साथै लागू औषधविरुद्धको अभियान नै सञ्चालन गरेको छ ।