
बाँके/ युकेएडको आर्थिक सहयोग भिएसओ र ईन्टरनेशनल एलर्टको साझेदारीमा माहुरी होमद्धारा बाँके जिल्लाा सन्चालित सहज परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ का स्थानीय नागरिकहरुलाई १ दिने वडा स्तरीय लैगिक हिंसा सम्बन्धि कानुन र कानुनी प्रावधान बारे अभिमुखीकरण सम्पन्न भएको छ ।
सो अभिमुखीकरणको सहजीकरण नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाका महिला बिकास अधिकृत मन्जु पाण्डे गर्नु भएको थियो । सो अभिमुखीकरणमा लैगिक हिंसा भनेको के हो ? हिंसाका प्रकारहरु र लैगिक हिंसा न्युनीकरणका लागि बनेको कानुनी प्रावधान बारे प्रशिक्षण गरिएको थियो ।
सो अभिमुखीकरणमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ का किशोरी क्लबका पदाधिकारी, बाल क्लबका पदाधिकारी, युवा क्लबका सदस्य, निगरानी समुहका सदस्यहरु, शिक्षक, मेलमिलापकर्ताहरु र आमा समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो अभिमुखीकरण बैजनाथ गाउँपालिकामा सम्पन्न भईसकेको र अब नेपालगन्ज उपमहानगरपालिको वडा नं.२३ मा आयोजना गरिने माहुरी होम सहज परियोजनाका कार्यक्रम अधिकृत सुनिता पोखरेलले जानकारी दिईन् । सो अभिमुखीकरणमा सहभागी मेलमिलापकर्ता बिरेन्द्रमान श्रेष्ठ र अर्का सहभागी किशोरी क्लबका देब्यानी अधिकारीले तालिम ज्यादै नै महत्वपुर्ण रहेको बताए । सो अभिमुखीकरणमा माहुरी होमका साामाजिक परिचालक सरु हमाल, ईन्टरनेशनल एलर्टका सिनियर प्रोगाम अफिसर शोभा चौधरीको पनि सहभागिता रहेको थियो ।