दैलेखका कोरोना संक्रमित ५१ वर्षिय पुरुषको कोहलपुरमा मृत्यु

|

बाँके / दैलेखबाट उपचारकालागि कोहलपुर आएका एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेका दैलेख नारायण नगरपालिका ८ का ५१ वर्षिय पुरुषको मृत्यु भएको हो ।

आन्दाको समस्याका कारण कर्णाली प्रदेश अस्पतालमा भर्ना भई उपचार गरीरहेका ति पुरुषलाई कोरोना संक्रमण देखिएपछि असोज १८ गते कोहलपुर रिफर गरीएको थियो । आन्द्रा फुटेरका ति ब्यक्तिको अवस्था जटिल बन्दै गएपछि रोगको प्रकृति अनुसार गर्नुपर्ने सबै उपचार बिधि अपनाउँदा अपनाउँदै बिरामीको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

१८ गते राती १२ः४५ बजे कोहलपुर मेडिकल कलेजमा भर्ना भएका ति पुरुषको आज दिउँसो १:३५ बजे मृत्यु भएको हो । मृतकको शव ब्यवस्थापनकालागि बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत पहल भईरहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यसअघि आजै बिहान २९ बर्षिया कोरोना संक्रमित सुत्केरीको उपचारकै क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । योसँगै बाहिरी जिल्लाबाट बाँके आएर ज्यान गुमाउने कोरोना संक्रमितको सँख्या १० पुगेको छ ।

२०७७ आश्विन १८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।