
हामी अमेरिकाबासी नेपाली हरुको अस्तित्व र पहिचानको लागि हाम्रो नेपालि समुदायलाई अमेरिकी राजानितिमा नेतृत्व तहमा बसेका व्यक्तित्व माझ पनि चिनाउनको लागि हामी र हाम्रो समुदायको तर्फबाट केही योगदान पुर्याउन अत्यन्तै महत्वपूर्ण हुन आउँछ |
चुनावी दौरानको यो महत्वपूर्ण समयमा हामीले पनि केही सहयोग पुर्याउन सक्यौं भने पक्कैपनि नीति निर्माण कर्ताहरुले हाम्रो आवाज सुन्नेछन् l
यही कुरालाई मध्यनजर गरेर क्यालिफोर्निया नेप्लिज अमेरिकन फर बाइडेनले भोली अक्टूबर ४ तारिख आइतबार pacific time १:०० बजे Virtual Ralley को आयोजना गरेको छौ ।
यस Virtual Ralley मा क्यालिफोर्निया राज्यको Assemblywoman Cristina Garcia र Maryland State Delegate, Harry bhandari ले सम्बोधन गर्नुहुनेछ l
हाम्रो समस्या सम्बन्धित प्रतिनिधिलाई बुझाऊन सके प्रवासको बासमा सुविधा हुने हुनाले सबै क्यालिफोर्निया बासी नेपाली दाजुभाइ दिदि बहिनीहरूलाई सबैको सक्रिय सहभागीताको लागि हार्दिक अनुरोध गर्दछौं l
धन्यबाद!
उत्तम कार्की
संयोजक
क्यालिफोर्निया राज्य उत्तर क्षेत्र प्रचार प्रचार समिति
Chair (Northern California)
कृपया तलको लिङ्कमा क्लिक गरेर रजिस्टर गर्नु होला !