बाँकेमा कोरोनाबाट शनिबार थप एक पुरुषको मृत्यु

|

नेपालगन्ज / बाँके जिल्लामा कोरोनाबाट शनिबार थप एक पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुुसार शनिबार नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरका ६० वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा अपरान्ह ४ः५६ मा कोरोनाबाट मृत्यु भएको हो ।

१५ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनलाई एन्टिबायोटिक्स र रेम्डिसिभिर लगायतका उपचार विधि अपनाउँदा पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

२०७७ आश्विन १७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।