प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको  छ । 

रिमालले ट्वीटरमार्फत र थापाले फेसबुकमार्फत आफूहरुलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् । दुबैले शुक्रबार स्वाब दिएका थिए ।

२०७७ आश्विन १७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।