डा.गोविन्द केसी समर्थनमा कपिलवस्तुका युवाहरुको धर्ना पाँचौ दिनमा

|

कपिलवस्तु / नेपालाम चिकित्सा क्षेत्रमा सर्वसाधारणको सहज पहुँच र सुधारको माग गर्दै आमरण अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कपिलवस्तु जिल्लाका सचेत युवाहरुले धर्ना तथा प्रदर्शन गरेका छन् ।

डा.गोविन्द केसी समर्थन समूहको आयोजनामा जिल्लाको वाणगंगा नगरपालिकाको जितपुर चौकमा सोमबार बिहान ८ बजेदेखि युवाहरुले शान्तिपूर्वक धर्ना तथा प्रदर्शन सुरु गरेको पाँचौ दिन पुगि सकेको छ ।

अनशनरत डा. केसीको अवस्था दिनप्रतिदिन बिग्रिदै गएको भन्दै युवा विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् । सरकारले डा. केसीको जीवन रक्षाको ग्यारेन्टी नगर्दासम्म धर्ना तथा प्रदर्शन कार्यक्रम दैनिक रुपमा संचालन गरिने आन्दोलनरत नेपाल युवा परिषद प्रदेश नं. ५ का सदस्य तथा कपिलवस्तुका उपाध्यक्ष युवा सुभद्र पोख्रेलले बताए । युवाहरुको धर्ना तथा प्रदर्शनप्रति नेपाल युवा परिषद, कपिलवस्तु शाखा तथा स्थानीय विभिन्न सामाजिक संघ संस्थाहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।

२०७७ आश्विन १६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।