प्रदेश ५ को स्थायी राजधानी देउखुरी, नाम लुम्बिनी प्रस्ताव

|

बुटवल /  प्रदेश ५ को स्थायी राजधानी र नामाकरण बारे प्रस्ताव पेश शुक्रबार प्रदेशसभा पेश भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्न प्रस्ताव गरेका छन् । त्यस्तै प्रदेशको नाम लुम्बिनी राख्न उनले प्रस्ताव गरे ।

प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको देउखुरी बनाउने निर्णय गरेसँगै दाङका स्थानीयहरू खुसी भएका छन्। उनीहरूले भौगोलिक हिसाबले पनि प्रदेशको राजधानी दाङ नै उपयुक्त रहेको भन्दै प्रदेश सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका छन्। 

शुक्रबार प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको नामाकरण र स्थायी  राजधानीको प्रस्ताव पेश गरेका थिए। लुम्बिनी प्रदेशको नाम रहने प्रस्ताव छ। 

२०७७ आश्विन १६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।