महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ३०औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा देशका सम्पूर्ण ज्येष्ठ नागरिकहरुमा स्वस्थ, खुसी, सम्मानित र सुखमय दीर्घ जीवनको लागि हार्दिक शुभ-कामना व्यक्त गर्नु भएको छ ।
आज ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकहरुको दीर्घायु, सु-स्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि हार्दिक शुभकामना ब्यक्त गर्नुभएको छ ।
उनले मन्त्रालयको कार्यभार सम्हालेको १ वर्ष वित्न केही महिना बाँकी छ , मन्त्री गुरुङले सामाजिक क्षेत्रमा क्रियाशिल ठुला संस्थाभित्रका बेथिति उजागार गर्दै सुधारको प्रयास पनि गरिरहेका छन् र साथै यसबीचमा उनले सामाजिक रुपान्तरणको मुद्धालाई राष्ट्रिय गौरवको मुद्धाका रुपमा स्थापित गर्ने अभियानसँगै महिला, वालवालिका र जेष्ठ नागरिकको क्षेत्रमा नीतिगत सुधारको ठोस थालनी गरेका छन् ।
यसै सन्दर्भमा नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय ज्येष्ठ नागरिक महासंघसँगको सहकार्यमा ज्येष्ठ नागरिकहरुको हक अधिकार संरक्षण र सम्वर्द्धनका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु आयोजना गरी दिवस मनाई रहिएको छ ।
ज्येष्ठ नागरिकहरुलाई विशेष सम्मान र संरक्षण गर्ने विषयलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको छ। ज्येष्ठ नागरिकको सेवा सुविधामा पहुँच बढाउने, उचित हेरचाहको वातावरण मिलाउने र उहाँहरुको अवस्थाको बारेमा खोज तथा अनुसन्धान गर्ने जस्ता कार्यमा मन्त्रालय सँधै अग्रसर रहेको छ ।
सरकारले अशक्त, असहाय, वेसहारा ज्येष्ठ नागरिकको प्राथमिकताका साथ संरक्षण गर्ने, स्वास्थ्योपचारको सुविधासहित ज्येष्ठ नागरिक गृहहरु स्थापना गर्ने, अन्तरपुस्ता ज्ञान र सीप हस्तान्तरण गर्ने वातावरण तयार गर्ने नीति लिएको छ । ज्येष्ठ नागरिक गृह संचालकहरुको लागि स्याहार कर्ता (Care Giver) तालिम संचालन गर्ने , संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा संचालन गर्ने कार्यहरु भईरहेका छन् ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला।