डा.युवराज खतिवडा अमेरिकाका लागि राजदूत

|

सरकारले डा.युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदूत सिफारिस गरेको छ ।

मुख्य सचिवमा भने शंकर बैरागीलाई नियुक्ति गरेको छ । बैरागी हाल परराष्ट सचिव हुनुहुन्छ ।

बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यससम्बन्धी निर्णय गरेको प्रधानमन्त्री निकट स्रोत बाट द वल्ड नेपाललाई जानकारी प्राप्त भएको छ ।

राजदूत हुने भएपछि रेग्मीले आजै बिहान मुख्य सचिव पदबाट राजिनामा दिनुभएको थियो ।

अर्थ मन्त्रीको पदावधि सकिएपछि खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकार बनाउनुभएको थियो ।

२०७७ आश्विन १४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।