बागेश्वरी मन्दिरको द्धार खुल्ला गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन-पत्र

|

बाँके । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको प्रसिद्ध शक्तिपीठ माता बागेश्वरी मन्दिरको द्धार खोल्नुपर्ने माग कशौधन बैश्य समाजले माग गरेको हो । सरकारले आन्तरिक उडान, सार्वजनिक यातायात लगायतका कार्यहरु खुल्ला गरिसकेकाले मन्दिरको द्धार समेत खोल्नुपर्ने माग गरिएको हो ।

सर्वसाधारणको पुजा अर्चनाका लागि हिन्दुहरुको पबित्र आस्थाको केन्द्र बागेश्वरी मन्दिरको द्धार खोल्न समाजका अध्यक्ष नन्दलाल बैश्य तथा महासचिव सत्यनारायण बैश्यले बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन पत्र बुझाउनुभएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई बुझाइएको ज्ञापन(पत्रमा बागेश्वरी मन्दिरको द्धारसंगै दशैंको मुखमा आइसकेको नवदुर्गा माताको नौ दिनसम्म पुजा अर्चना गर्ने अवसर प्रदान गर्न आग्रह गरिएको छ । दशैका बेला नौ दिनसम्म मनाइने नवदुर्गा माताको पुजा अर्चना कार्यलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने गरी मनाउन सहयोग गर्न प्रशासनलाई अनुरोध गरिएको हो ।

२०७७ आश्विन १४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।