कोरोना भाइरस संक्रमणबाट बुधवार बाँकेमा थप एक महिलाको मृत्यु

|

नेपालगन्ज / कोरोना भाइरस संक्रमणबाट बुधवार बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१ की ३५ बर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि ती महिला असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् ।

उनको त्यसैदिन कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । त्यसको भोलिपल्ट रिर्पोट पोजेटिभ आएपछि उनलाई कोभिड आइसोलेसन वार्डमा सारिएको थियो ।

उनको उपचारकै क्रममा आज दिउँसो सवा दुई बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, उनको दुवै फोक्सोमा निमोनिया भएको थियो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

२०७७ आश्विन १४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।