नव–निर्मित दुइ कोठे भवन हस्तान्तरण

|

बढैयाताल( बर्दिया) / श्री युवक आधारभुत बिधालयको नवनिर्मित दुइ कोठे भवन एक औपचारिक कार्यक्रम गरि बिद्यालयलाई हस्तान्तरण गरिएको छ । सो हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि बर्दिया जिल्ला क्षेत्र नं १ क प्रदेश सभा सदस्य माननीय कबिराम थारुले उदधाटन तथा बिद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै बिद्यालयको भौतिक पुर्वाधारको बिकाससंगै शैक्षिक बिकासमा समेत जोड दिनुपर्ने बताउदै प्रदेश सरकारले कोरोना भाइरसले बिश्व संक्रमणले गर्दा सबै बिकास तथा शैक्षिक गतिबिधि प्रभाबित भइरहेको अबस्थामा वैकल्पिक प्रणाली सहजीकरण २०७७ जारी गरेको र यसको कार्यान्वयनका लागी प्रदेश सरकार लागी परेको बताउनु भयो ।

साथै उहाँले विद्यालय बालबालिकाका लागि रमाइलो होस र सुरक्षित होस त्यो विद्यालय नै बालमैत्री विद्यालय हो । विद्यालयमा प्रत्येक विद्यार्थीले आफूलाई भयमुक्त र सुरक्षित पाओस, संवेगात्मक रुपमा रमाइलो वातावरण पाओस, सिकाइका लागि मनोवैज्ञानिक रुपमा मनोवल उच्च हुने वातावरण निर्माण गर्नका लागी बिधालय ब्यबस्थापन समिती शिक्षक अभिभावक संधको र अभिभावको महत्वपुर्ण भुमिका रहने हुदा बिद्यालयमा गुणस्तरिय शिक्षा दिन आबश्यक रहेको बताउदै प्रदेश स्तरमा बिद्यालयको स्तर उन्नतीका लागी पहल भईरहेको बताउनुभयो ।

सो हस्तान्तरण कार्यक्रमको अतिथिको रुपमा बढैयाताल गा.पा. उपाध्यक्ष दिपा कुमारी गौतम, प्रशासकिय प्रमुख अर्जुन सुबेदी, प्लान इन्टरनेशन इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको एरिया मेनेजर मिना पराजुली, शिक्षा संयोजक संजिब कुमार जोशी, स्याक नेपाल बाँकेको कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्मा बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष, एवम पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, बिधालयका प्रधानाध्यापक राजेश्वर थापा,अभिभावकको सहभागीता रहको थियो ।

बढैयाताल गाउपालीका उपाध्यक्ष दिपा कुमारी गौतमले यस क्षेत्रमा कृयाशिल गैसस र पालीकाको समन्वय सहकार्यमा बिभिन्न खाले बिकास तथा अन्य सामाजिक बिकासका कामहरु गदै आइरहेको र बिगत देखी प्लान इन्टरनेशनल नेपालले संचालन गरेका कार्यक्रमहरु जनमुखि एवम उपलब्धीमुलक हुने र पालिकाले समेत यसको अपनत्व लिएको बताउदै प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेलाई यस युवक आधारभुत बिधालयको भौतीक पुर्वाधारमा आर्थिक तथा प्राबिधिक रुपमा सहयोग गरेकोमा बिकास निर्माण कार्यप्रति हातेमालो गदै जाने बताउनु भयो ।

बालबालीकाको शैक्षिक गुणस्तर बिकासका लागी भौतिक पुर्वाधारको एक मुख्य कडीको रुपमा रहेता पनी बिधालयलाई नमुनाको रुपमा संचालनका लागी बिधालयका सबै सरोकारवालाको मुख्य भुमिका रहने र बिधालयमा मुलत ३ वटा कुरामा बिषेश ध्यान दिएमा भोलीका कर्णधारको रुपमा तयार हुने देखिन्छ । झिकाउ, टिकाउ,बिकाउको अबधारण अपनाउन आबश्यक रहेको र प्लान इन्टरनेशनल सधै बालबालीकाको शैक्षिक बिकासमा अग्रपंतिमा रहने बताउदै पालीका संगको सहयोग सदभाव र समन्वय गदै अगाडी बढ्ने बताउदै यस बिद्यालयको उत्तर उत्तर प्रगतीको कामना गदै आगमी दिनमा बिद्यालयको शैक्षिक गुणस्तरमा बृद्घि भएको सुन्न मिलोस भन्ने सुभकामना दिनु भयो ।

बिधालयको भौतिक संरचना निर्माण गरेर मात्र नहुने यसमा अध्यान गर्ने बालबालीकाहरुको शैक्षिक गतीबिधी बालमैत्री लैगिंक मैत्री बन्नुपर्ने र भोलीका दिनमा बालबालीकाको शैक्षिक उपलब्धी, बालबालीकाको भर्ना दर , उर्तिण दर बढेको र बिधालय छाड्ने बालबालीकामा कमी आएको खण्डमा सस्थाले गरेको लगानी सहि सदुपयोग हुने बिचार प्लान इन्टरनेशनल नेपाल बाँकेका फिल्ड अफिस नेपालगंजका शिक्षा संयोजक संजिब जोशीले बताउने भयो ।

स्याक नेपाल बाकेका अध्यक्ष शिवलाल पाण्डेबाट बिद्यालयका भवनहरु २०७२ सालको भुकम्पका कारण सबै जोखिम अबस्थामा पुर्व प्राथामिक तहका बालबालीकाहरु अध्ययन गरिरहेको अबस्था देखिएको र बिधालयले आबश्यकता महसुस गरि प्लान इन्टरनेशनल नेपालमा भवन माग गरिरहेको अबस्थामा प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंज र सामाजिक सचेतन सचेतन सरोकार मंच बाँकेको साझेदारिमा जनवरी २०२० देखि सेक्टेम्वर २०२० सम्मको ९ महिनामा काम सम्पन्न गर्नका लागी यस युवक आधारभुत बिधालयको दुइकोठे भवन निर्माण गर्न प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजसंग सम्झौता गरिएको थियो ।

सम्झौता अनुरुप यस भवनको निर्माण कार्यलाई अगाडी बढाउने क्रममा कोबिड १९ का कारण कामको निरन्तरता दिन एकदमै कठिनाइ उत्पन्न भएको र कामको निरन्तरताका लागी पालीका जनप्रतिनिधि, शिक्षा शाखासंग समन्वय परामर्शका आधारमा कामलाई अगाडी बढाएको थियो । भने भवन निर्माण गर्दा भएको आर्थिक खर्चको बिबरण मा जय गुरुदेव कन्टक्सन कम्पनी संग दुई कोठे भवनको सम्पुर्ण निमार्ण काम ठेक्का बाफत रुː २२,७२,०८४बिद्यालयको तर्फदेखि काठ बाफतको रकम रुː २,४१,७९१ जम्मा रकम रु २५,१३,८७५ खर्च भएको र बालीका मैत्री शौचालय मर्मत सम्भार तर्फ रुː४,९२,००० कुल लागत खर्च रुː २७,६४,०८४ भएको जानकारी गराउनु भयो । भने कार्यक्रमको स्वागत युवक आधारभुत बिद्यालयका प्रअ राजेश्वर थापाले गर्नुभएको र कार्यक्रम संचालन स्याक नेपाल बाँकेका स्वयम सेवक हिक्मत बिकले गर्नुभएको थियो । कार्यक्रममा सहयोग तथा योगदान गर्ने ब्यक्ति तथा सस्थाहरुलाई समेत सम्मान गरिएको जानकारी स्याक नेपाल बाँकेका सिकाइ परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

२०७७ आश्विन १४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।