
अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीचको पहिलो बहस अमेरिकाको सर्वोच्च अदालतमा हालै न्यायाधिशको नियुक्तीको विषयमा भईरहेको विवादवाट शुरु भएको थियो ।
यो मुद्दामा राष्ट्रपति ट्रम्पले नयां नियुक्ती गर्नु आफ्नो पदिय अधिकार भएको दावी गरे । यस विषयमा वाइडेनले स्वास्थ्य क्षेत्रसंग जोडेर आफ्नो धारणा राखेका थिए । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीचको पहिलो बहसमा ट्रम्प र बाइडेनका रेकर्डहरु, सर्वोच्च अदालत, कोरोना महामारी, अर्थशास्त्र, चुनावको अखण्डता, विभेद र हिंशाका घटनाहरुमा आधारित थियो ।
बहसको बेलामा ट्रम्पले तिरेको करको विषय पनि आएको थियो । ट्रम्पले ७५० डलरमात्र कर तिरेको न्युयोर्क टाइम्सको रिपोर्टको प्रसंगमा ट्रम्पले आफूले लाखौं डलर ट्याक्स तिरेको दावी गरे । एकबर्ष ३८ मिलियन डलर र अर्को बर्ष २७ मिलियन डलर ट्याक्स तिरेको ट्रम्पले दावी गरे ।
अमेरिकी अर्थव्यवस्थालाई कोरोना महामारी र लकडाउनपछि कसरी लयमा फर्काउन सकिन्छ भन्नेबारे ट्रम्पले लकडाउनपछि पछि अमेरिकी अर्थव्यवस्था अपेक्षित भन्दा द्रुत मार्गमा रहेको बताउदै जातीय विभेदको प्रसंगमा ट्रम्पले ओबामा बाइडेन प्रशासनका पालमा अमोरिकामा जातीय विभेद हुने गरेको तथा जातीय विभेद सम्बन्धि हिंशाहरु हुने गरेको बरु अहिले त्यस्ता घटना कम भएको बताए ।
कोरोना महामारीको बारेमा सोध्दा डोनाल्ड ट्रम्पले आफ्नो ठाउँमा बाइडेन भएको भए अमेरिकामा अझ धेरैको मृत्यु हुने दावी गरे । जवाफमा बाइडेनले ट्रम्पसँग महामारीसँग लड्ने कुनै योजना नभएको भन्दै आलोचना गरे । अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु र ७० लाखबढी संक्रमित भएको अवस्थामा कोरोनाको विषयले बहसमा प्राथमिकता पाएको थियो ।
बाइडेनले कोरोना भाइरस महामारीको सामना गर्न ट्रम्प प्रशासन कामयावी नभएको भन्दै आलोचना गरे ।
बाइडेनले अमर्यादित तरिकाले ट्रम्पलाई तिमी चुप लाग समेत भने । बारम्बार ट्रम्पले बीचबीचमा बोल्दै अशिष्ट शैलीमा बाइडेनमाथि आक्रमण गरे र संचालक क्रिस वालेसलाई पालोपालो बोल्न लगाउन हम्मे हम्मे समेत परेको थियो ।
ट्रम्पले महामारीको सामना गर्न सरकारले राम्रो काम गरेको दावी गरे ।
सरकारले कोरोना भाइरस विरूद्ध लड्न मास्क, पीपीई र औषधि ल्याएको तथा कोरोना भ्याक्सिन बनाउन केही हप्ता मात्र बाँकी रहेको ट्रम्पले बताए ।
भारत, चीन र रुसले कोरोनाबाट भएको मृत्यु तथ्यांक लुकाएको ट्रम्पले दावी गरे । ट्रम्प र बाइडेनले मास्कदेखि खोपहरू र सामाजिक दूरीसम्मका विषयमा एकअर्काको आलोचना गरे । बाइडेनले ट्रम्पलाई मास्क लगाउनेबारे गम्भीर नभएको आरोप लगाए । जवाफमा ट्रम्पले खल्तीबाट मास्क झिकेर देखाउँदै आवश्यक परेको बेला लगाउने बताए । बाइडेन जस्तो २०० फिट पर हुँदापनि ठूलो मास्क लगाउने आफूले नगरेको ट्रम्पले बताए ।
बाइडेनले ट्रम्पलाई कोरोना संक्रमण निको पार्न ब्लिच आफ्नो पाखुरामा हाल्न भन्दै मजाक उडाए । आफ्नो ठाउँमा बाइडेन भएको भए अमेरिकामा २० लाखको मृत्यु हुने ट्रम्पले दावी गरे तर बाइडेनले यो कुरा झुठो भएको सबैलाई थाहा भएको बताए ।
बहसमा निकै आरोप प्रत्यारोप र अराजक आदानप्रदानहरु भए । ट्रम्पले बाइडेनको बुद्धिमतामाथि प्रश्न उठाए भने बाइडेनले ट्रम्पलाई ‘जोकर’ समेत भने ।
भिडियो लिंक हेर्न यहाँ क्लिक गर्नुहोला।