पछिल्लो २४ घन्टामा १३५२ जनामा कोरोना संक्रमण

|

काठमाडौं । पछिल्लो २४ घन्टामा १ हजार ३ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय ५२ जनासहित देशभर संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ५४ हजार २ सय ४० जना निको भएर घर फर्किएका छन् भने ४ सय ८१ जनाको ज्यान गएको छ ।

२०७७ आश्विन १२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।