महिला र बालिका बिरुद्ध हुने हिंसा अन्त्यका लागि सक्रिय हुदै स्याक नेपाल

|

बाँके / सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) र अक्सफाम नेपालको साझेदारीमा संचालित महिला र बालिका बिरुद्ध हुने हिंसा अन्त्यका लागि अभियान कार्यक्रम बाँके जिल्लाको राप्ती सोनारी गाउँँपालिका अन्तरगतको वडा नं. ५,६ र ७ र डुडुवा गाउँपालिकाको वडा नं १,२,४ र ५मा विगत ४ बर्ष देखि कार्यक्रम संचालन भईरहेको छ ।

उक्त कार्यक्रममा ५ बर्ष अवधीमा ५ वटा महिला हिंसा, बाल विवाह तथा कानुनी सेवाको जानकारीमुलक सुचना दिने खालको चित्र सहित समाबेश गरेको ५ थान होर्डिङ्ग बोड तयार गरेर गाड्ने लक्ष्य रहेकोले दोस्रो वर्ष नेपालगन्ज उपमहानगरपालिका डि.एस.पी.रोडमा १ थान, तेस्रो वर्ष डुडुवाँ गाउँपालिकाको वडा नं. ५ मिलन चौक १ थान,चौथो वर्षमा राप्तीसोनारी गाउँपालिका वडा नं.७ सर्रीको चौक र पाचौ वर्षमा डुडुवा गाउँपालिकाको वडा नं. २ वडा कार्यालयको चौकमा १ थान र राप्ती सोनारी गाउँँपालिकाको वडा नं. ५ को बिनौना चौकमा गरी जम्मा ५ थान होर्डिङ्ग बोर्ड राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय,बाँके तथा सम्बधित गाउँपालिका र वडा कार्यालयको समन्वय र सहकार्यमा महिलाहिंसा, हिंसाको प्रकार, बाल विवाह जवरजस्ती गरिने विवाहको बारेमा जानकारी दिनुका साथै यसले पार्ने असर, कानुनी प्रक्रियाको बारेमा जानकारी मुलक सुचना दिने खालको चित्रहरु समावेश भएको होर्डिङ्ग बोर्ड तयार गरी राखेको महिला र बालिका बिरुद्ध हुने हिंसा अन्त्यका लागि अभियान कार्यक्रमका कार्यक्रम संयोजक राम कुमारी चौधरीले बताईन् । यस चेतनामुलक होर्डिङ्ग बोर्डले स्थानीय निरक्षर समुदायले पनि चित्र मार्फत महिला हिंसा र बाल विवाहको बारेमा सचेत हुने स्याक नेपालले विश्वास लिएको छ ।

२०७७ आश्विन ११, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।