
काठमाण्डौं / नेपालको गरिबी अवस्थाको यथार्थ चित्रण गरि बिदेशिएको युवाको कथालाई समेटेर एउटा युवाको मर्मस्पर्शी कथा “भैगो प्रभु नल्याउ दशै” नामक बोलको म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । गायक ऋषि थापा मगरको स्वर रहेको नेपाली गित काठमाण्डौं, टोखा, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल लगायत नेपालको विभिन्न रमणीय ठाउँमा गई छायांकन गरिएको छ ।
आधा दर्जन म्युजिक भिडियोको सफलतापछि सामाजिक अभियन्ता तथा मोडल साहित सिङ ठकुरीले “भैगो प्रभु नल्याउ दशै” गितमा प्रस्तुत गरेका हुन । यस गितमा मुख्य कलाकारको भुमिकामा मोडेल सुरविर पण्डित, यशु श्रेष्ठ, रमेशजंग कुँवर ,नेरया कुँवरले अभिनय गरेका छन् । “भैगो प्रभु नल्याउ दशै” नामक बोलको शव्द साहित सिङ ठकुरी गरेका छन भने संगित एरेन्ज बिश्व अधिकारी र संगित संयोजन बिपल्भ अधिकारीले गरेका छन् ।
भिडियोलाई साहितले नै निर्देशन गरेका हुन् । भिडियोलाई रामु चौधरीले खिचेका हुन् । भने, भिडियोको सम्पादन पनि रामुले नै गरेका छन् ।
भिडियो साहित सिङ ठकुरीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो‘