२४ घन्टामा १,२०७ जनामा कोरोना संक्रमण

|

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर बढीरहेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ७ जनासहित देशभर संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको बताए ।

संक्रमितमध्ये ५३ हजार १३ जना निको भएर घर फर्किएका छन् भने ४ सय ६७ जनाको ज्यान गएको छ ।

२०७७ आश्विन १०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।