
नेपालगञ्ज / बाँकेमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बर्दियाको बबई बहुमुखी क्याम्पसका प्रमुख ५० वर्षीय बिनोद अग्रवालको आज मृत्यु भएको हो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले पनि कोभिड आइसोलेसन जाने क्रममा अस्पताल गेट छिर्नै लाग्दा बबई बहुमुखी क्याम्पस बर्दियाका चिफ कोरोनाका कारण दुःखद निधन भएको आफनो सामाजिक सन्जाल मार्फत बताएका छन् ।