दोलखा / दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नम्बर १ का आमाबुबा दुबै जना गुमाएका अभिभावक बिहिन बालबालिकालाई द वर्ल्ड नेपाल न्युज डटकम अनलाइन मार्फत संकलन गरेको रकम परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।
दोलखा स्थायी घर भई हाल अमेरिका निवासी समाजसेवी तथा सन्चारकर्मी डोल्मा लामाको नेतृत्वमा संकलन भएको ३० हजार रकम उनिहरुलाइ प्रदान गरिएको हो । दोलखाको कालिन्चोक गाउपालिका वडा नम्बर १ निवासी ती बालबालिकाको आमा बुवा दुबै जनाको निधन भए पछि अभिभावक बिहिन बनेको थिए । थामी समुदायका आर्थिक अबस्था कम्जोर रहेका ती बालबालिकाहरुको विभिन्न संचार माध्यममा समाचार प्रशारण भए पछि विभिन्न क्षेत्रबाट सहयोग जुटेको छ ।
अभिभावक बिहिन ती बालबालिकाको आर्थिक अबस्था कम्जोर रहेको कारण केही राहत मिलोस भन्ने उदेश्यले सहयोग गरेको अमेरिका निवासी डोल्मा लामाले बताउनु भयो ।ती बालबालिकाको हाल हेरचाह र पठनपाठनको लागि विभिन्न ब्यक्ति तथा सामाजिक संघ संस्थाको पहलमा एस ओ एस बालग्रामले जिम्मा लिएको छ ।