
बाँके / सामाजिक सचेतन सरोकार मन्च ( स्याक नेपाल ) को आयोजना तथा अक्सफाम नेपालको सहयोगमा सन्चालित महिला र बालिका बिरुद्ध हुने हिंसा अन्त्यका लागि अभियान कार्यक्रम अन्तर्गत महिला हिंसा र बालविवाह न्युनीकरणको लागि महिलाहरुलाई आर्थिक पहुँचमा पुरयाउनको लागि ३ दिने ब्यवसाय शुरु तथा सुधार तालिम सम्पन्न भएको छ । स्याक नेपालले महिला र बालिका बिरुद्ध हुने हिंसा अन्त्यका लागि अभियान कार्यक्रम बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका सन्चालन भईरहेको छ ।
सोही कार्यक्रम अन्तर्गत डुडुवा गाउँपालिकाको वडा नं.२, बेतहनी, त्यसैगरि वडा नं.४, कम्दी र राप्ती सोनारी गाउँपालिकाको वडा नं.६ मा सम्पन्न भएको छ । सो तालिमबाट १२ समुदाय ३४ जना महिलाहरुले सहभागी भई आफनो ब्यवसाय बृद्धि बढाउन सहयोग पुगेको सहभागी राप्तीसोनारी गाउँपालिका वडा नंं ७ का सहभागी कलि सिहंले बताउनुभयो ।
सो तालिमको सहजीकरण स्याक नेपालका कृष्ण बहादुर गिरी, कमला विक, बृजलाल यादव, नेत्रकला शाही र राम कुमारी चौधरी गर्नुभएको थियो ।