बाँकेमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

|

नेपालगञ्ज/ बाँकेमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एक्लैनीका ५२ बर्षीय पुरुषको आज विहान साढे २ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

दुबैतिरको फोक्सोमा निमोनिया हुनुका साथै उनमा उच्च रक्तचापको समस्या समेत देखिएको श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । नेपालगञ्जमा मात्रै ८ जनाको मृत्यु भएको छ भने नरैनापुर, बैजनाथ र कोहलपुरका १/१ जना तथा सुर्खेत स्थायी ठेगाना भई नेपालगञ्ज कारागारमा रहेका कैदीबन्दी १ जनाको मृत्यु भएको छ ।

२०७७ आश्विन ९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।