अपांगता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ, मन्त्री गुरुङ

|
काठमाडौं 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गुरुङले कोभिड–१९ को महामारीबाट अपाङगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समूदाय बढी मारमा परिरहेका उल्लेख गर्दै उनीहरुको समस्या तत्काल समाधान गर्न विशेष ध्यान दिन पनि प्रदेश, स्थानीय सरकार र सरोकारवाला सबै निकायलाई आग्रह गरे । गुरुङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री गुरुङप्रति आभार व्यक्त गरेका थिए ।
हाल कोभिड–१९ को महामारीका कारण अपाङ्गता भएका व्यक्तिहरुले सहायक सामग्रीको समेत व्यवस्था गर्न नसकेको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।
४१औं सामाजिक सेवा दिवसको अवसर पारेर ‘अपाङ्गता भएका महिलाहरुको महासंघ– नेपाल’ले बुधबार काठमाडौंमा आयोजना गरेको ‘भर्चुअल’ बैठकमा अपाङ्गता भएका व्यक्तिहरुको भावना, अपेक्षा र सपना पूरा गर्न सरकारले राष्ट्रिय अपाङ्गता महासंघ–नेपाल, प्रदेश र स्थानीय सरकार तथा सम्बन्धित सामाजिक संघ, संस्थाहरुसँग सहकार्यका साथ काम गरिरहेको पनि बताए ।
‘सामाजिक संघसंस्था परिचालन गरेर पनि अपांगता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ,’ मन्त्री गुरुङले भने, ‘उनीहरुको समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारलाई विशेष ध्यान दिन आग्रह गर्दछु ।
उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा ऐनले व्यवस्था गरेको सेवा र सुविधा कटौती हुन नदिने दृढता व्यक्त गरेका छन्।

२०७७ आश्विन ७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।