विश्व किर्तिमानी आरोही हिमचितुवा शेर्पाको अन्त्येष्टि

|

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ बुधवार अन्त्येष्टि गरिएको छ  बुधवार बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।

शेर्पाको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरे ।

 

 

शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो । उनी विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका ख्यातीप्राप्त आरोही थिए उनले नेपाल र नेपाल र नेपालीको प्रतिष्ठा उच्चो बनाएका थिए उनलाई हिमचितुवा उपनामले चिनिन्छ ।

२०७७ आश्विन ७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।