असोज ७ गतेदेखी १० गतेसम्म देशैभरको नदीमा बहाव बढ्ने सम्भावना

|
असोज ७ गतेदेखि १० गतेसम्म देशैभरका नदीहरुमा बहाव उच्च हुने पूर्वानुमान गरिएकाले ११ गतेसम्म नदी तटिय क्षेत्रका क्रियाकलाप नगर्न वा गर्नुपरेमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले आज रातिबाट देशैभरका नदीमा बहाव बढ्ने, विभिन्न भागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहानको मापनअनुसार पनि कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव बढ्दो अवस्थामा छ । आज कन्काई, बागमती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबईका केही सहायक नदीमा बहाव बढ्ने पूर्वानमान गरिएको छ ।
गोरखा, लम्जुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, स्याङ्जा, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली, कञ्चनपुर, बैतडी जिल्ला भइ बग्ने नदीहरुमा पनि आकस्मिक बहावको सम्भावना औंल्याएको छ ।
यसैगरी आज नै इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिरहा, धनुषा, दोलखा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन जिल्ला हुँदै बग्ने नदीहरुमा आकस्मिक बहावको सम्भावना छ ।

२०७७ आश्विन ७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।