
बीरगंज । नेपाल युवा परिषद, मास्टरपीस एनवाईसी नेपाल, नेपाल युवा परिषद् प्रदेश नं. २ को संयुक्त आयोजनामा प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा सम्पन्न भएको छ । सो सम्मेलनको उद्घाटन समारोहका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा विकास मन्त्री माननीय जितेन्द्र सोनलले देश विकासमा युवाहरुको ठूलो भूमिका रहदै आएकोले अबको आवश्यक्ता युवाहरुलाई नेपालमा रोजगार उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गर्दै विदेशीका युवाहरुलाई एकजुट भई देश विकासमा योगदान पुर्याउन आग्रह गर्नुभयो । साथै उहाँले नेपाल लगायत विश्व नै (कोभिड १९) महामारीको चपेटामा रहेकोले युवाहरुले अहम भूमिका खेल्न आवश्यक भएकाले नेपालका सबै युवाहरुलाई देशमा नै स्वरोजगार शुरु गरि देश विकासमा लाग्नका लागि नेपाल युवा परिषद्संग आबद्ध युवाहरुलाई जोडदार अपिल गर्दै युवाहरुलाई उद्यमशीलता बनाउन सरकार सक्रिय भई अगाडि बढिरहेको जानकारी गराएका थिए। त्यसैगरि विशिष्ट अतिथि नेपाल युवा परिषद् संस्थापक एवं केन्द्रिय अध्यक्षले सरोज बानियाँले युवाहरुलाई देश विकासमा सहयोग गर्नका लागि यो संस्थाले बेला बेलामा तालिम दिदै आएको र आउने दिनमा पनि सहयोग रहने बताए भने अर्का अतिथि प्रसौनी गाउँपालिका, बाराका उपाध्यक्ष गिता साह मिथिला वाइडलाईफ ट्रष्ट, नेपालका देवनारायण मण्डल, तथा फेटा गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष जय प्रकाश दास, ले युवाहरुलाई देश विकासमा सहयोग गर्न आग्रह गर्दै आफ्नो शुभकामना मन्तब्य राखेका थिए ।
सो युवा सम्मेलन कार्यक्रममा निवार्चनमा युवाको भूमिका शीर्षक बारे प्यानल छलफल राखिएको थियो । जसमा युवा नेता नेकपा बाराका उमेश कुशवाहा, तथा युवाहरुको नेतृत्व विकास शीर्षकमा नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी शोभा खरेल भटराई, पोखरिया नगरपालिकाका उपमेयर सलमा खातुन तथा गुड गर्भर्नेन्स शीर्षकमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष शिव प्रसाद भुषाल, तथा डा. दिपेन्द्र चौधरी, प्रोफेसर तथा आर्थिक विश्लेषकले युवाहरुलाई प्रशिक्षण दिएका थिए।
कार्यक्रममा प्रदेश नं. २ भित्र रहेका ८ जिल्लाका करिब ५० भन्दा बढि युवाहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री माननीय सुरेश कुमार मण्डलले युवाहरुलाई देश विकासमा युवाको अहम भूमिका रहेकाले आजको युवाहरुलाई सरकारले स्वरोजगारको व्यवस्था गरिरहेको बताएका थिए। यसैगरि अर्का अतिथि प्रसौनी गाउँपालिका वडा नं.४का वडा अध्यक्ष आनन्द गुप्ता, भिजिट मधेसका संयोजक ओमप्रकास सर्राफतथा युवा समाजसेवी तथा नेताले पनि युवाहरुलाई जागरुक हुन आब्हान गरेका थिए । उक्त भर्चुअल कार्यक्रममा स्वागत मन्तब्य नेपाल युवा परिषद् महोत्तरीका पूजा साह, गरेका थिए भने अध्यक्षता नेपाल युवा परिषद् प्रदेश नंं. २ का कार्यक्रम संयोजक तथा पर्सा जिल्ला अध्यक्ष श्रवण प्रसाद साहको रहेका थिए । कार्यक्रमको सहजीकरण नेपाल युवा परिषद बारा जिल्लाका अध्यक्ष राजेश कुशवाहाले गरेका थिए।